ब्यालेस्टिक मिसाइल आक्रमणपछि इजरायली राजनीतिज्ञद्वारा नेतान्याहुको आलोचना
तेल अवीव : इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि केही इजरायली राजनीतिज्ञहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा आलोचना गरेका छन्। उनीहरूले इरानविरुद्ध सैन्य बल प्रयोग गरेर कडा जवाफ दिन माग समेत गरेका छन्।आगामी निर्वाचनमा नेतान्याहुलाई चुनौती दिइरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले यस घडीलाई 'सत्यको क्षण' को रूपमा चित्रण गरेका छन्।
