एशियाली खेलकुद छनोट प्रतियोगिताको फाइनल आज, उपाधिका लागि नेपाल र हङकङसँग खेल्दै
काठमाण्डु – एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
