SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

संसदीय गतिरोध अन्त्य गर्न सभामुखद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सोमबार बिहान प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ।