राष्ट्रपति पौडेलले सदनलाई १९ गते सम्बोधन गर्ने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको सरकारले जनाएको छ ।
