SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०१:२० AM · 1 मिनेट पढाइ

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो।