भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
झापा : भुटानमा गएराति गएको भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आइतबार राति ११ः३६ बजे भुटानको पुनाखा क्षेत्रनजिक केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
