SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

रास्वपा अछामको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा रावल पुनः निर्वाचित

अछाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामको प्रथम जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले ओमप्रकाश रावलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको सभापतिमा ओमप्रकाश रावल पुनः निर्वाचित भएका छन्। त्यस्तै, समितिको उपसभापतिमा टंकबहादुर धामी, सचिवमा बमबहादुर रावल र सहसचिवमा लक्ष्मण कुँवर चयन भएका छन्।