SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

कुपोषणको मारमा कलिला मुना

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन र १९ प्रतिशतमा उमेरअनुसार तौलको समस्या देखाएको छ। परिवार कल्याण महाशाखाको यो तथ्यांकले कलिला मुनाको शारीरिक र मानसिक अवस्थाको डरलाग्दो चित्र उजागर गरेको छ।राष्ट्रिय खोप लेखाजोखा अभियानका क्रममा देशभर ६ महिनादेखि ५ वर्षमुनिका हजारौं बालबालिकामा कडा र शीघ्र कुपोषण फेला पर्नुले भविष्यका कर्णधार कति जोखिममा छन भन्ने देखाएको छ।