रास्वपा रसुवाको प्रथम जिल्ला अधिवेशन सम्पन्न: सभापतिमा पुनः वसन्त भट्ट निर्वाचित
रसुवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन शनिबार राति सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ ।अधिवेशनबाट पुनः वसन्त भट्ट सभापतिमा निर्वाचित भएका छन् ।भट्टले ६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरे।अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य र जनजाति सदस्य पदका लागि निर्वाचन भएको थियो ।
