रास्वपा उदयपुरको निर्वाचन प्रक्रिया रद्द, पुनः उम्मेदवारी मनोनयन हुने
उदयपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रिया विवादपछि रद्द गरिएको छ। अब नयाँ कार्यतालिकाअनुसार पुनः उम्मेदवारी मनोनयन गरिने भएको छ।
