SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ १०:०२ PM · 1 मिनेट पढाइ

पर्सामा रास्वपा अधिवेशन विवाद: मतदाता नामावली विवाद सुल्झियो, सोमबार चुनाव

वीरगन्ज : विवादका कारण शनिबार स्थगित रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन सोमबार हुने भएको छ। काठमाडौंबाट आएका संगठन विभाग सचिव शंकर श्रेष्ठको मध्यस्थतामा होटल भिस्वामा आइतबार दुवै गुटका नेताहरुबीच भएको छलफलमा मतदाता (जिल्ला प्रतिनिधि) नामावली सम्बन्धी विवाद सुल्झिएकाले अब सोमबार बिहानदेखि जिल्ला अधिवेशनसँगै निर्वाचन प्रक्रिया सुचारु हुने रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए।