SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने ‘स्पा’सञ्चालिका पक्राउ

काठमाडौँ । ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका–२ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका–३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।