SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०९:३३ PM · 1 मिनेट पढाइ

रास्वपाका सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठकको आह्वान गरेका छन्। सभापति लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न भोलि बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठक संसद सचिवालय सिंहदरबारमा बस्ने छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष/सभापति सहित  दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।