शुक्रबारसम्म पानी पर्ने सम्भावना
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद्ले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् ।
