सीमा समस्यामा तेस्रो पक्षको मध्यस्थता खोजेका छैनौं : शिशिर खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमा समस्यामा नेपालले कुनै पनि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पारेका छन्। तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएको टिप्पणीप्रति स्पष्ट पार्दै प्रधानमन्त्रीले पनि तेस्रो पक्षको मध्यस्थताको कुरा नगरेको बताए।
