SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

सरकारले भन्यो- ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्।