सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए ।
