SHARE
बासुरी खबर · बिहीबार १८ बैशाख २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो।