तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित बाँके हुलाकी सडक विस्तार गरिदै
नेपालगञ्ज । बाँके, दाङ र बर्दियालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत सडक विस्तारको काम सुरु हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि बाँके–दाङ सीमास्थित कुसुमपारी भवानीपुरसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ।
