SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

रास्वपा संखुवासभा सभापतिमा श्रेष्ठ निर्विरोध

खाँदबारी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको प्रथम जिल्ला अधिवेशनले भक्तनारायण श्रेष्ठलाई पुनः जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाई तथा सहसचिवमा सन्तोष बस्नेत चयन भएका छन् ।