कोरियाली बजारमा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको प्रस्तुति
काठमाडौं : दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो।
