ददि सापकोटाको ‘त्यो नेपाल’ पुस्तक सार्वजनिक
काठमाडौं । ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ । लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका हुन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक सापकोटाको उक्त पुस्तक सार्वजनिक भएको हो ।
