शान्ता बुढा बनिन् रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति
गुलरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापति पदमा शान्ता वुढाक्षेत्री निर्वाचित भएकी छिन् । उनी रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बनेकी छिन् । शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनको निर्वाचनले ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । प्रतिद्वन्दी उदयबहादुर खत्रीलाई ११२ मतले पराजित गरेकी बुढाक्षेत्रीले १५८ मत प्राप्त गरेकी छिन् । खत्रीले ४६ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा दुर्गाप्रसाद थारुले १५२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
