SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ २४ जेठ २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

सार्वजनिक स्थलमा पुगेर सहयोगापेक्षी खोज्दै महानगरपालिका, नेपाल प्रहरी र मानव सेवा आश्रम साथसाथै 

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुको अवस्था र आवश्यकता वुझ्न जेठ २३ गते कार्यवाहक प्रमुख आफैँ उद्धार कार्यमा निस्कनुभयो । उहाँको साथमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, वडा सदस्यहरु, महानगरपालिकाका निर्देशक वसन्त आचार्य, नेपाल प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका अधिकारी, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, आनी छोइङ् डोल्मा फाउन्डेसका अध्यक्ष आनी डोल्मा छोइङ् हुनुहुन्थ्यो । उद्धारसँगै दिनमा भेटिने सहयोगापेक्षी र रातमा सडकमै बास बस्ने व्यक्तिहरुको प्रकृति आफैँ महसुस गर्नु यस दिनको उद्देश्य थियो । हिजोआज हरेक दिन विहान, दिउँसो र साँझको समयमा सडक सेवा अन्तर्गत सडकमा माग्न बसेका व्यक्तिहरुलाई उद्धार गरेर स्क्रीनिङ् सेन्टरमा लैजाने गरिएको छ ।  शनिवार बेलुका कालीमाटी र स्वयम्भूको कारखाना चोक क्षेत्रमा भेटिएका सहयोगापेक्षीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, उहाँहरु सडकमा पुग्नु पर्ने अवस्थाका विषयमा कुराकानी गर्नुभएको थियो । यसरी गरिएको कुराकानीपछि उहाँले भन्नुभयो, ‘व्यक्ति सडकमा आउनु पर्ने बाध्यतासँग पारिवारिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक कारण छन् । तर, सडकमा माग्न भेटिने गर्नुभएका सबै व्यक्ति सहयोगापेक्षी हुनुहुन्न । कतिपय व्यक्तिले माग्ने कामलाई पेशा बनाउनुभएको छ । अहिले हामी सहयोगको आवश्यकता हुने वास्तविक व्यक्ति र पेशेवर माग्ने व्यक्ति छुट््याउँदैछौँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं