SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

अब सम्पत्तिको लडाइँ : इरानको सम्पतिमाथि अमेरिकाको नजर

अमेरिका : अमेरिका र इरानबीच युद्धविराम लागू भएको केही दिन मात्रै भएको छ, तर नयाँ विवाद उत्पन्न भएको छ । अमेरिका अब इरानको अरबौं डलर बराबरको रोक्का (फ्रिज) गरिएको सम्पत्ति कुवेत र बहराइनलाई भएको क्षतिको मर्मत तथा पुनर्निर्माणका लागि प्रयोग गर्ने योजनामा रहेको बताइएको छ ।युद्धविराम लागू भए पनि अमेरिका र इरानबीचको तनाव घट्नुको सट्टा बढिरहेको छ । स्रोतहरूका अनुसार, इरानले कुवेत र बहराइनमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेपछि वासिङ्टनले यो कदमलाई गम्भीर रूपमा विचार गरिरहेको छ ।