SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

विकास, समृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौं : महामन्त्री बुर्लाकोटी

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे ।