एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेलका सबै ग्राहकहरूलाई अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट हुने भएको छ। यससम्बन्धी सम्झौता पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले आज हस्ताक्षर गरेका छन्।
