धनगढी उपमहानगरले गर्याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान
कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत नौ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१ यता उक्त सङ्ख्यामा छात्रवृत्ति प्राप्त गरिएको जनाइएको छ।
