सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकको सरुवा
काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसमा प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ ।
