घर बाहिर झगडा : बीजेपी नेतृको आफ्नै पेस्तोलबाट चलेको गोलीले मृत्यु
भारत : भारत मध्य प्रदेशको जबलपुरमा भाजपाकी महिला नेतृ संगीता रजकको आफ्नै पेस्तोलबाट चलेको गोली लागेर मृत्यु भएको छ । प्रहरीले संगीताको शव पोस्टमार्टमका लागि पठाएको छ । यो दर्दनाक घटना शनिबार राति भएको हो ।जबलपुरमा मध्यराति घटनाजबलपुर जिल्लाको रांझी थाना अन्तर्गत न्यू शोभापुरमा शनिबार राति करिब १ देखि २ बजेको बीचमा घर बाहिर भइरहेको विवाद र हल्ला सुनेर पेस्तोल लिएर बाहिर निस्किएकी भाजपा नेतृ संगीता रजक आफ्नै पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते भएकी थिइन् ।
