SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालय काममा केन्द्रित छ : मन्त्री मेहता

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा मन्त्रालय केन्द्रित रहेको बताइन् ।उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको उल्लेख गर्दै आगामी दिनमा ती कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।