SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन

कपिलवस्तु  : कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्व सांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको आज विहान उपचारको क्रमा निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा नेता गुप्ताको आज बिहान निधन भएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।करिब ८१ वर्षीय गुप्ता लामो समय राजनीतिक जीवनमा रहँदै आएका थिए । स्वर्गीय नेता गुप्ताले २०७९ सालमा कपिलवस्तु क्षेत्र नम्बर–३ बाट सांसद पदका जितेका थिए ।