SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

पुरुषहरूका लागि ‘नो एण्ट्री’ : महिलाहरूले चलाउँछन् पूरै बजार, ५०० वर्ष पुरानो इतिहास

भारत : मणिपुर पछिल्लो केही समयदेखि लगातार चर्चामा रहँदै आएको छ । तर यहाँको राजधानी इम्फालको एक बजारबारे तपाईंलाई थाहा नहुन सक्छ । यस बजारको सबैभन्दा ठूलो विशेषता यो हो कि यहाँका सबै पसलहरू केवल महिलाहरूले मात्र चलाउँछन् ।तिनीहरूको संख्या पनि केही सय मात्र होइन, हजारौंमा छ । यी महिलाहरूले तरकारी, माछा, मसला, कपडा, हातले बनेका सामान, गहना र घरायसी सामानका पसलहरू सञ्चालन गर्छन् । यी सबै पसलहरू बिहानै खुल्छन् र रातिसम्म किनबेच चलिरहन्छ ।