SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशमा काँडेभ्याकुर चरा

काठमाडौं । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्र पर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो ।