मन्त्रीबाट हटाउन लागिएको बारे मेहताले भनिन् – आधिकारिक रूपमा त्यस्तो केही आएको छैन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले आफू मन्त्री पदबाट बिदा हुन लागेको विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएकी छन्। आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले सरकार पुनर्गठन र मन्त्री परिवर्तनको चर्चाबारे प्रश्न गर्दा मन्त्री मेहेताले त्यस्तो कुनै औपचारिक जानकारी आफूलाई नआएको स्पष्ट पारिन्।
