SHARE
Kalo Pati · आइबार​ २४ जेठ २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

‘जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो’: सभामुख 

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनमा जनताले विश्वास गरेर हामीलाई प्रतिनिधित्वको जिम्मेवारी दिएको वताउँदै उनले जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नुपर्ने बताए ।