फिफा विश्वकप समूह ‘ए’ : सहआयोजक मेक्सिकोसहित, दक्षिण कोरिया, दक्षिण अफ्रिका र चेक रिपब्लिक
काठमाडौं ः फिफा विश्वकप–२०२६ को पहिलो खेल जुन ११ मा मेक्सिको सिटीमा समूह ‘ए’ अन्तर्गत हुनेछ । जहाँ सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई आतिथ्यता दिनेछ । समूहमा चेक रिपब्लिक र दक्षिण कोरियाले पनि अन्तिम ३२ मा पुग्न चुनौती प्रस्तुत गर्नेछन् ।समूहका अधिकांश खेलहरु मेक्सिकोमा हुनेछन् । समूह ‘ए’ का दुई खेल मेक्सिको सिटीमा हुनेछन् भने ग्वाडालाजारा र मोन्टेरीमा एक-एक खेल हुने तालिका छ । यो समूहमा मेक्सिको बाहिर एउटा मात्र खेल हुनेछ ।
