SHARE
कालिका खबर · आइबार​ २४ जेठ २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकियो अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन

काठमाडौँ : अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरबद्धतालाई सूचना प्रविधियुक्त बनाउन संघीय संसद् र सबै प्रदेश सभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर-सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो ।