SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी

रसुवा : गत पुसमा रोपिएका स्याउका बिरुवा फुलेको छ । परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३,५०० मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो । नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए ।