SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

गर्मीको बढ्दो राप, शरीरलाई भयो कि ताप

गर्मी ह्वात्तै बढेको छ। तापक्रम दिनदिनै उकालो लाग्दैछ। यसको सिधा असर हाम्रो छालामा देखिन थालेको छ। अहिले अस्पताल र क्लिनिकहरूमा छालाका बिरामी बढेका छन्। कोही अनुहारको चायाँले चिन्तित छन् भने कसैलाई घमौराले सताएको छ। कोही छाला चिलाउने त कोही फंगल संक्रमणले पिरोलिएका छन्। वास्तवमा, अहिलेको मौसम नै चुनौतीपूर्ण छ। एकातिर चर्को घामको राप, अर्कोतिर हरक्षण आउने पसिना। त्यसमाथि सडकको धुलो र धुवाँ थपिन्छ। यही मिसावटले छालाको प्राकृतिक चमक खोस्छ।