SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

एजेन्सी । मासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ । हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए ।