SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ २४ जेठ २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा १७२ खेलाडी प्रतिस्पर्धा गर्दै 

काठमाडौँ । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा हिजो (जेठ २३ गते)देखि थर्ड नेपाल अक्वास्टिक काठमाडौँ मेयर कप स्वीमिङ् च्याम्पियनसिप सुरु भएको छ । आजसम्म चल्ने प्रतियोगितामा ७८ जना महिला र ९४ जना पुरुष गरी १७२ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्छ । यसरी प्रतिस्पर्धामा रहनुभएका खेलाडीहरुमा ओलम्पियन डुआना लामासहित राष्ट्रिय खेलाडीहरु हुनुहुन्छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जेम्स, लिटिल एञ्जलसहित विभिन्न विद्यालयहरु, सगरमाथा क्लवसहित विभिन्न क्लवहरुबाट खेलाडीहरु प्रतिस्पर्धामा  हुनुहुन्छ । उमेरका हिसाबले ६ वर्षदेखि २५ वर्षसम्मका खेलाडी सहभागी हुनुहुन्छ ।  प्रतियोगिता स्थलमा महानगरपालिकाले आकस्मिक स्वास्थ्योपचारका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्स सेवा तैनाथ राखेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं