SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

रास्वपा बागमती प्रदेश अधिवेशन : ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ । सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।