SHARE
कालिका खबर · आइबार​ २४ जेठ २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल

सिंगापुर । नेपालले एसीसी पुरुष एसिया कप छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो। उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एकतर्फी जित निकाल्दै उपाधिनजिक पुग्न सफल भयो। यस जितसँगै नेपालले फाइनलमा स्थान बनाएको छ भने प्रतियोगितामा आफ्नो प्रभावशाली लयलाई निरन्तरता दिएको छ। केही साताअघि आईसीसी विश्वकप लिग–२ मा ओमानसँग पराजित भएको नेपालले यसपटक सेमिफाइनलमा शानदार प्रदर्शन गर्दै बदला समेत लिएको छ। नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।