SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

महिला क्रिकेटको ओरालो यात्रा

काठमाडौं : २०औं एसियाली खेलकुद छनोटको तेस्रो स्थानको खेलमा चीनसँग पराजितनेपालको महिला टोली २०औं एसियाली खेलकुदमा छनोट हुन असफलमहिला टोलीको हर्कतले क्यान लज्जितयी पछिल्लो एक सातामा नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रदर्शनका बारेमा बनेका केही ‘हेडलाइन’ हुन्। जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद र एसियाली क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा नेपाली महिला टोलीको खराब प्रदर्शनपछि नेपाली सञ्चार माध्यममा यी ‘हेडलाइन’ बनेका हुन्।