बजेटलाई पत्याएन सेयर बजारले
काठमाडौं : बजेट घोषणापछि जेठको तेस्रो साता सेयर बजारले ओरालो यात्रा तय गर्यो। यस साताका पाँचै दिन सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३ दिन घट्यो भने २ दिन बढ्यो। अघिल्लो साता भने सेयर बजार बढेको थियो। अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७८२.१० अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। यस दिन नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा झर्यो। त्यसपछि मंगलबार र बुधबार भने नेप्से २२.२१ र २.६६ अंकले घटे।
