SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

काठमाडौं : ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनल खेल्ने भएको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो।ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाउँदै अविजित रहे। उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।दोस्रो ओभरमा नै नेपालले दुई ओपनरलाई गुमायो।