रास्वपा मोरङको सभापतिमा कँडेल निर्वाचित
विराटनगर : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेर निर्वाचित भएका छन् । पार्टीको शनिबार राति सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ टिम तयार भएको हो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा कँडेलले २०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले ९९ र अर्का उम्मेदवार सागर फुयालले ४१ मत पाए । जिल्ला नेतृत्व चयनको क्रममा उपसभापति पद भने सर्वसम्मत रूपमा टुंगिएको छ । उक्त पदमा विमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन् ।
