SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

‘सदनको गतिरोध अन्त्य गर्न पहल नगर्ने भए लामो समय संसद् किन स्थगित गरेको ?’

काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीको सदनको गतिरोध अन्त्य गर्न कुनै पहल नगर्ने भए किन लामो समय संसद् स्थगित गरेको भन्दै प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक सहमति खोज्ने र सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै थिएन बैठक स्थगित गर्नुको औचित्य के थियो भन्दै रास्वपा र सभामुखलाई प्रश्न गरेकी हुन् ।उनले संसदमा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्माएको बताइन्।