SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री विजयले थाले भ्रष्टाचार र गैरकानुनी धन्दामाथि कडा कारवाही

भारत : तमिलनाडुमा अभिनेता–राजनीतिज्ञ विजय थलापति मुख्यमन्त्री बनेपछि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न थालेका छन् । शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनले तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशन (टीएएसएमएसी) मा हुने भनिएको भ्रष्टाचार, अनधिकृत रकम असुली र ‘पार्टी फन्ड’ का नाममा चल्ने प्रथामाथि व्यापक कारबाही सुरु गरेका छन् ।मुख्यमन्त्री विजयले मदिरा बिक्रीबाट प्राप्त हुने प्रत्येक रुपैयाँ राज्यकोषसम्म पुग्ने सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।